प्रदेश १ मा ३३७ जनामा कोरोना संक्रमण , ३ जनाको मृत्यु — OSNepal

प्रदेश १ मा ३३७ जनामा कोरोना संक्रमण , ३ जनाको मृत्यु

LC (KTM) February 04, 2022 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३७ जनामा कोरोना संक्रमण भएको छ । ७२४ जनाको पीसीआर परीक्षण गर्दा २२१ र ४९४ जनाको एन्टिजेन परीक्षण गर्दा ११६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११०, सुनसरीमा ४९, झापामा ३१, उदयपुरमा ७, धनकुटामा २, संखुवासभा, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ७५, सुन्दरहरैचामा ८, बुढीगंगामा ५, उर्लाबारीमा ४, पथरीशनिश्चरे, बेलबारी र रतुवामाईमा ३–३, लेटाङ , कानेपोखरी र स्थानीय तह नखुलेका २–२, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा १–१ जनामा संक्रमण देखिएको छ । सुनसरीको इटहरीमा १६, धरानमा १२, रामधुनीमा ४, इनरुवा, बराहक्षेत्र, बर्जु र दुहवीमा ३–३, हरिनगर, गढी र देवानगञ्जमा १–१ र स्थानीय तह नखुलेका २, झापाको भद्रपुरमा ५, अर्जुनधारामा ४, बाहृदशी, विर्तामोड, दमक, मेचीनगर र कमल गाउँपालिकामा ३–३, शिवसताक्षी र कनकाईमा २–२, कचनकवल, गौरादह र झापा गाउँपालिकामा १–१ जनामा देखिएको छ ।

उदयपुरको चौदण्डीगढीमा २, कटारी, त्रियुगा, उदयपुरगढी, बेलका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा २–२, संखुवासभाको खाँदबारी, पाँचथरको फिदिम, भोजपुरको हतुवागढी र खोटाङको दिप्रुङमा १–१ र प्रदेश १ बाहिरका १८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ८४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३७३ महिला र ४७३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ४ हजार ७७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर