नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अलमुताइरी सम्मानित — OSNepal

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अलमुताइरी सम्मानित

LC (KTM) February 04, 2022 0

नेपालको फुटबललाई एक उचाईमा पुर्याउन दिनरात लागि परेका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी सरकार बाट सम्मानित भएका छन् ।शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गरेका हुन् ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको विशेष पहलमा गत कात्तिक १ गते बसेको मन्त्रीपरिषदको बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो ।

असोज १५ देखि ३० गतेसम्म आयोजना भएको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा इतिहास रच्न सफल राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख नगद पुरस्काले पुरस्कृत गर्ने निर्णय अन्तर्गत अलमुताइरीलाई सम्मान गरीएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर