आज माघ २२ गते शनिबार , थाहा पाउनुहोस् तपाईंको आजको राशिफल — OSNepal

आज माघ २२ गते शनिबार , थाहा पाउनुहोस् तपाईंको आजको राशिफल

LC (KTM) February 05, 2022 0

काठमाडाैं, २२ माघ – २२ माघ २०७८ शनिबार । तदनुसार फेब्रुवरी महिनाको ५ तारिक । माघशुक्लपक्ष चतुर्थी तिथि, आज पञ्चमी तिथि शुरु हुनेभएपनि वसन्त पञ्चमी र सरस्वती पूजा भोलि आइतबार हो ।

सूर्योदयलाई आधार मानेर पर्व तिथि पर्व मनाइन्छ । त्यसैले पञ्चमी तिथिको सूर्योदय भोलि नै हो । उत्तरभाद्रपदा नक्षत्र, बब करण, सिद्ध योग र चन्द्रमा मीन राशिमा रहेको छ । आज बिहान ९ः३४ देखि १०ः५६ सम्मको समय राहुकाल रहेको छ । ज्योतिषशास्त्रअनुसार राहुकाल भएको समयमा कुनै पनि शुभ कर्म गर्न हुँदैन ।

शनिबारका दिन शनिदेवको आरधना गर्नु उत्तम मानिन्छ । शनिबारका दिन पूर्वदिशा तर्फको यात्रालाई शुभ मानिदैन । आजको देवता कार्तिकेय, ग्रहदेव केतु रहेको छ ।

शनिबारको दिन विहान पिपलको बृक्षमा जल अभिषेक गर्नु उत्तम हुनेछ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आज व्यापारबाट लाभ हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग पाउन सकिन्छ । तपाईंको योजना सफलताको लागि आफन्तजनको सहयोग आवश्यक हुनेछ । यात्रामा निस्कनु भन्दा पहिले कन्यालाई दक्षिण दिएर निस्कदा राम्रो हुनेछ । पूर्वदिशातर्फ यात्रा नगर्नु होला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : वृष राशिका जातकका लागि आजको दिन व्यापारमा सोचेअनुसार नहुनसक्छ । व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश हुनु पर्नेछ । तपाईं सकारात्मक भएर आफ्नो नियमित काममा लाग्नुहोला । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनले तपाई|माथि अनेक आरोप लगाउन सक्नेछन् । मनमा निराशा उत्पन्न हुनसक्छ । आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। आजको दिन मनमा अनेक कुरा खेल्नेछ । मौन र अनावश्यक काममा घर बाहिर नजानु होला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : पारिवारिक तनावका कारण केही समस्या आउनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाईंसँग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । शनिबारका दिन कर्कट राशिमा जातकले गृहस्थ कर्ममा समय दिनु उत्तम हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिए पनि क्रमिक सुधार हुनेछ । यात्राबाट खुसियाली छाउने छ । परिवारको साथ सहयोगले मनमा प्रशसन्नता छाउने छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : मनमा रहेको चिन्ता हटदै जानेछ ।आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययनअध्यापनबाट सफलता प्राप्त हुनेछ । आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । कुमारी कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन तपाईंको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला । महिलासँग विवाद हुने कार्य नगर्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : यात्राको अवसर आए पनि यात्रा नगर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । विवादबाट हानी मात्र हुनेछ । आर्थिक हानी हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला । सकारात्मक सोच, र नियमित काममा समय खर्चनुहोला । मौन रहनु उत्तम हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : आजको दिन आकस्मिक धनलाभ हुनेछ । तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाको कार्यमा लाग्नु होला । जेष्ठ र श्रेष्ठ ब्यक्तिबाट आशीर्वाद लिनु उत्तम हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन सरस्वतीको आरधनाले मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । अनावश्यक आरोप पनि लाग्न सक्छ । नियमित काममा मात्र लाग्नुहोला । नयाँ कामको थालनी नगर्नु होला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । कुमारी कन्यालाई खानेकुरा र बस्त्र दान दिनेभयो भने तपाईलाई आशीर्वाद मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहान उठेर सूर्योदयको दर्शन गर्नुहोला । गतहप्त गरेका कामको समीक्षा र आगामी हप्ताको कार्ययोजना बनाउनु होला । चन्द्रमाको साथ रहेको छ । अध्ययन, अनुसन्धान र लेखनको काममा समय दिनु भयो भने उत्तम हुनेछ । तपाईंका लागि यात्राको अवसर पनि आउनसक्छ । स्वास्थ्यमा ख्याल गर्नुहोला । देवालयको र गुरुजनको आशीर्वादको लागि गुरुसेवा गर्दा फल प्राप्त हुनेछ । सिर्जनात्मक कार्यमा लाग्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर