माधव नेपाल समुहको निष्कर्ष :अलमल नगरी नयाँ पार्टी खोल्ने तयारी — OSNepal

माधव नेपाल समुहको निष्कर्ष :अलमल नगरी नयाँ पार्टी खोल्ने तयारी

LC (KTM) June 03, 2021 0

काठमाडौं २० जेठ । नेकपा एमालेबाट निष्काशनमा परेका माधव नेपाल समुहको आज बसेको केन्द्रिय कमिटिको बैठकले पाटी अध्यक्ष केपी ओलीले सहमतिको नाममा अलमलाउन मात्र खोजेको निष्कर्ष निकालेको छ । भर्चुअल माध्यमबाट बसेको बंैठकमा अब अलमल नगरी नयाँ पार्टीको निमार्णमा अगाडी बढ्नु पर्ने केन्द्रिय सदस्यहरुको राय थियो ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनालले पनि ढिला नगरी नयाँ पार्टी खोल्ने तयारीमा लाग्नुपर्ने बताएका छन् । कम्युनिस्ट आन्दोलनलाई जिवित राख्न पनि कठोर कदम लिनुपर्ने बैठकमा सहभागी नेताहरले सुझाव दिएका थिए ।

तथापी, केहि नेताहरुले भने वार्ता र संवाद गर्नं सुझाव दिएको पनि जनाइएको छ । सहमतिको कुनै आधार नदेखिएकोले पनि नयाँ तरिकाले जानुपर्ने निष्कर्ष बैठकले निकालेको छ । बैठकमा संस्थापन पक्षका नेताहरुसँग वार्ता, संवाद गरेका घनश्याम भुुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईलगायत नेताहरू पनि सहभागी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर