रोहित चन्दको जकार्ता शीर्ष स्थानको एरिमा संग बराबरीमा रोकियो — OSNepal

रोहित चन्दको जकार्ता शीर्ष स्थानको एरिमा संग बराबरीमा रोकियो

LC (KTM) February 05, 2022 0

नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता ईन्डोनेसियाको लिग वान फुटबलमा एरिमा एफसी संग बराबरीमा रोकिएको छ ।शनिबार भएको खेलमा पर्सिजा शीर्ष स्थानको एरिमा एफसीसँग १-१ गोलको बराबरीमा रोकिएको हो । पर्सिजाले सुरुवाती गोल गरे पनि अग्रता जोगाउन नसक्दा बराबरी खेल्दै अंक बाँड् बाध्य भयो ।

खेलको ४० औं मिनेटमा मार्को सिमिचले गोल गर्दै पर्सिजालाई अग्रता दिलाएका थिए ।तर, खेलको ५७ औं मिनेटमा कार्लोस फोर्टेसले गोल गर्दै एरिमालाई १-१ गोलको बराबरीमा ल्याएका थिए। एरिमाविरुद्ध रोहितले पुरै समय मैदानमा बिताएका थिए । यस बराबरीसँगै पर्सिजाले २३ खेलमा ३३ अंक जोडेको छ । पर्सिजा लिगको छैटौं स्थानमा रहेको छ ।एरिमा ४८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर