आकर्षक कामको प्रलोभनमा परी अवैध रुपमा खाडी मुलुक गएका युवाहरु अलपत्र पर्ने क्रम ह्वात्तै बढ्यो — OSNepal

आकर्षक कामको प्रलोभनमा परी अवैध रुपमा खाडी मुलुक गएका युवाहरु अलपत्र पर्ने क्रम ह्वात्तै बढ्यो

LC (KTM) February 06, 2022 0

काठमाडौं । अवैध रुपमा भिजिट भिसामा विदेश पठाउने र जाने क्रम बढेको छ । कोभिड–१९ का कारण रोजगारी गुमाउनेको संख्या बढीरहेको बेला भिजिट भिसामा पठाई श्रममा लगाउने क्रम बढेको देखिएको छ । जसका कारण भिजिट भिसामा जानेहरु अलपत्र पर्ने गरेका छन् । आकर्षक कामको प्रलोभनमा परी भिजिट भिसाको माध्यमबाट जानेहरु अलपत्र पर्ने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भूसालले बताउनुभयो ।

भूसालका अनुसार भिजिट भिसामा जानेको तथ्यांक विभागमा पनि नहुने भएकाले अफ्ट्यारोमा परे नेपाल ल्याउन समस्या हुन्छ । युएई लगायतका खाडी मुलुकका केही देशमा आर्कषक तलब सुविधाको प्रलोभन देखाई विभिन्न व्यक्ति र संस्थाले भिजिट भिसामा रोजगारीका लागि व्यक्ति पठाइरहेको गुनासो आएको भुसालले बताउनुभयो ।

‘केही व्यक्ति र संस्थाले आकर्षक तलब सुविधाको प्रलोभन देखाई भिजिट भिसामा लगेको पाइएको छ’ उहाँले भन्नुभयो, ‘यस प्रकारको गैरकानुनी प्रक्रिया र बाटो प्रयोग गरी भिजिट भिसामा रोजगारीका लागि पठाउने कार्य रोक्न अनुरोध समेत गरिएको छ।’गोरखापत्र दैनिकमा छापिएको छ ।

विभागले यसअघि श्रम स्वीकृति नलिई छनोट प्रक्रिया शुरु गरेको जनाउँदै आधा दर्जन मेनपावर कम्पनीलाई समेत कारवाई गरिसकेको छ । विभागले भिजिट भिसामा गई काम गर्दा श्रमिकलाई शारीरिक, मानसिक हिंसा, कानुनी अधिकारबाट बञ्चित हुने जनाउदै नजान अनुरोध समेत गरेको उहाँ बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर