के तपाइलाई ग्याष्ट्रिकले सतायो ? नआत्तिनुहोस घरमै बनाउन सकिन्छ ग्याष्ट्रिक निको पार्ने औषधी — OSNepal

के तपाइलाई ग्याष्ट्रिकले सतायो ? नआत्तिनुहोस घरमै बनाउन सकिन्छ ग्याष्ट्रिक निको पार्ने औषधी

LC (KTM) February 06, 2022 0

मानिसको सही आहार बिहार नभएर धेरैजसो रोगी भएका छन् । खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज। अल्छी स्वभाव विकसीत हुनु अत्याधुनिक जीवनशैली, कम ब्यायाम, मीसावट युक्त अन्न, बिशादीपूर्ण तरकारी, जिब्रोले स्वाद माने अत्याधिक भोजन जस्ता स्वास्थ्य प्रतिकुल कृयाकलापले मानिस रोग बाट ग्रसित छ।

मसालेदार, तारेभुटेको, चप्प खोज्ने हाम्रो स्वाद जिब्रोनै हाम्रो परम शत्रु बन्न पुगेको नआतिनुहोस् यहाँ हामीले पाएको फाईदा यहाँहरु समक्ष् बाँड्दै छौँ। जुवानो र बिरे नुन त हामी सबैको भान्छामा हुने चिज हो। हो यही हो यो रोग को औषधी । जुवानो सुत्केरीलाई मात्र खुवाउने चिज होइन रहेछ। नेपालीपत्रबाटयो त पाचक रहेछ, त्यही भएर त्यो सुत्केरी अवस्थाको अत्यधिक चिल्लो पचाउने काम गर्दो रहेछ यसले।

औषधी बनाउने बिधी यस्तो छ एकातिर बिरे नुनलाई धुलो हुने गरी पिसौं। ज्वानो ५ चम्चा जत्ती भुटौं र त्यो पनि पिसौं। ५ चम्चा ज्वानो मा करीब १ चम्चा बिरे नुन मिसाऔँ । यही अनुपातमा आफुँलाई चाइने मात्रामा तयार गरेर एउटा बन्द भाडोमा राख्न सकिन्छ। जब आफुलाई रोगबाट पीडित महसुस हुन्छ तत्काल यस्को प्रयोग गर्न सकिन्छ। तत्कालै यसबाट राहत पाईन्छ । रोग नियन्त्रणमै छ भने राती सुत्नु अघी २ चम्चा यो तयार गरेको औषधी खाएर सुत्दा बिहान पेट सफा हुनुका साथै दिसा खुलेर आउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर