आज ९ हजार २७१ जना संक्रमितको पुष्टि हुँदा, १३९ जना संक्रमितको मुत्यु , ४ हजार ७ जना संक्रमणमुक्त — OSNepal

आज ९ हजार २७१ जना संक्रमितको पुष्टि हुँदा, १३९ जना संक्रमितको मुत्यु , ४ हजार ७ जना संक्रमणमुक्त

LC (KTM) May 10, 2021 0

काठमाडौं २७ बैशाख । पछिल्लो २४ घण्टामा १७ हजार ६२३ पीसीआर परीक्षण गर्दा ९ हजार २७१ जना संक्रमितको पुष्टि भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३ हजार ७९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १३९ जना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

त्यस्तै, मन्त्रालयले जनाएका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ७ जना निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर