राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको आरोप : एमसीसीको नाममा अमेरिकाले नेपाललाई खसि देखाएर फर्सी भिडाउन खोज्यो — OSNepal

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीको आरोप : एमसीसीको नाममा अमेरिकाले नेपाललाई खसि देखाएर फर्सी भिडाउन खोज्यो

LC (KTM) February 10, 2022 0

काठमाडौं २७ माघ । राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले एमसीसीको नाममा अमेरिकाले नेपाललाई खसि देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाएका छन् ।

एमसीसीको विरोधमा बुधबार आठ राजनैतिक संगठनहरुले आयोजना गरेको संयुक्त प्रदर्शनमा अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

यदि अमेरिकाले दिने पिैसाले नपालमा सडक , पानी लगायतका विकास हुने भए नेपाली जनताको एमसीसीको विरोधमा नलाग्ने उनले दावी गरेका छन् ।

अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाइरहेको आरोप लगाएका उनले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न र सत्तामा रजाइँ गर्न सत्ता गठवन्धन बनेको समेत जानकारी गराएका छन् ।

कांग्रेस र जसपा एमसीको पक्षमा लागे पनि आफ्नो पार्टी यसको विरुद्ध लागि रहने समेत बताएका छन् ।

एमसीसीको विषयलाई लिएर आज प्रधानमन्त्री शेरबहादुर देउवा , माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाल बिच बालुवाटारमा भेटवार्ता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर