ओली कम्युनिष्ट नभई कम्युनिष्ट आन्दोलनमा जन्मिएका 'भष्मासुर' हुन् : खनाल — OSNepal

ओली कम्युनिष्ट नभई कम्युनिष्ट आन्दोलनमा जन्मिएका ‘भष्मासुर’ हुन् : खनाल

LC (KTM) June 04, 2021 0

काठमाडौं २१ जेठ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले ७० वर्ष उमेर पुगेका सबै नेतालाई विदा दिएर युवाहरु कम्युनिष्ट आन्दोलन बचाउन अघि सर्नु पर्ने आफ्नो धारणा राखेका छन् । हिजो माधव नेपाल समुहको भर्चुअल केन्द्रिय सदस्यहरुको बैठकमा सहभागी भएका नेता खनालले आफु पनि ७० वर्ष पुगेकाले सक्रिय राजनितिबाट आफु पनि बिदा हुन चाहेको बताएका हुन् ।

हामी ७० वर्ष पुगेकाहरुलाई बिदा गरेर कम्युनिष्ट आन्दोलन बचाउन युवाहरु अघि सर्नुपर्छ’ नेता खनालको भनाई उद्धृत गर्दै केन्द्रीय सदस्य माधव अर्यालले भने । बैठकमा नेता खनाले प्रधानमन्त्री सकेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट नभई कम्युनिष्ट आन्दोलनमा जन्मिएका भष्मासुर भएको बताएका थिए । खनालले अब ढिला नगरी नयाँ पार्टी खोल्न समेत आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर