बजि सक्यो खतराको घण्टी, आज मात्रै १३९ जनाले गुमाए कोरोनाका कारण ज्या न — OSNepal

बजि सक्यो खतराको घण्टी, आज मात्रै १३९ जनाले गुमाए कोरोनाका कारण ज्या न

LC (KTM) May 10, 2021 0

काठमाडौं, बैशाख २७-नेपालमा गएको २४ घण्टामा नेपालमा ९ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार १८ हजार ४११ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमति भेटिएका हुन् ।१७ हजार ६३२ जनाको पीसीआर तथा ७८८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। त्यस्तै आज ४ हजार ७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

यो सँगै कोरोना जित्नेको संख्या ३ लाख ६ हजार ७९४ जना भएका छन् ।नेपालमा हालसम्म गरेर ४ लाख तीन हजार ७९४ जना कोरोना सं क्रमित भएका छन् । आज १३९ जनाको कोरोना संक्रमणबाट ज्या न गएको मन्त्रालयले जनाएको छ।यो सँगै मृ तकको संख्या ३ हजार ८५९ पुगेको छ।

अक्सिजन प्लान्ट आयो, प्रयोग भएन- स्वास्थ्य सेवा कार्यालयमा दुइ हप्ता अघिदेखि अक्सिजन प्लान्ट आएर थन्किएको छ । जिल्लामा कोरोनाका बिरामी आएर समस्या परे पनि प्लान्ट खरिद गरेर बन्द कोठामा थन्क्याउने काम भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त प्रमुख अमरसिंह शाहीले जानकारी दिनुभयो । दुई हप्ताअघि डोल्पा पुगेको प्लान्ट जडान गर्ने बायोमेडिक इन्जिनीयर नहुँदा थन्किएको शाहीले जानकारी दिनुभयो ।

ड्रागन मेडिटेक प्रालि सुर्खेतले रु २९ लाखमा उक्त प्लान्टे खरिदको गरेको थियो । बायोमेडिक इन्जिीनीयर नभएको भन्दै उक्त प्लान्ट जोड्न प्रालिले ढिलासुस्ती गरिरहेको निमित्त स्वास्थ्य प्रमुख शाहीले बताउनुभयो ।शाहीका अनुसार बारम्बार ताकेता गर्दा पनि आपूmहरुसँग बायोमेडिक इन्जिनीयर दुईजना रहेकाले सबैतिर भ्याउन नसकेको प्रालिले बताउने गरेको छ ।

हाल कार्यालयमा थन्किएर राखिएको प्लान्टबाट प्रतिघण्टा ४० लिटर अक्सिजन उत्पादन गर्ने र एकै पटकमा कम्तीमा पनि २५ देखि ३० शय्या पाइपमार्फत अक्सिजन दिन सकिने डा मेलिना हमालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर