नेपालको बरियतामा दुई स्थानको सुधार — OSNepal

नेपालको बरियतामा दुई स्थानको सुधार

LC (KTM) February 10, 2022 0

पछिल्लो समय नेपाली फुटबलले गति लिईरहेको बेला विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो । अघिल्लो वरीयतामा १ सय ६९ औं स्थानमा रहेको नेपालले २ स्थान सुधार गर्दै नयाँ वरीयतामा नेपाल १ सय ६७ औं स्थानमा रहन सफल भएको छ ।

दक्षिण एसियाली राष्ट्रको वरीयतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ४ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५७ औं स्थानमा रहेको छ । नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । बंगलादेश १८६ औं, भुटान १८५ औं, पाकिस्तान १९७ औं र श्रीलंका २ सय ४ औं स्थानमा रहेका छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा अर्जेन्टिना र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन्। इटाली छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, डेनमार्क नवौं र नेदरल्यान्ड्स दशौं स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर