अनन्त आइएसएलमा आबद्ध हुने पहिलो खेलाडी बने — OSNepal

अनन्त आइएसएलमा आबद्ध हुने पहिलो खेलाडी बने

LC (KTM) February 11, 2022 0

नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङ भारतको इन्डियन सुपर लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । आईएसएल क्लब स्पोर्टिङ क्लब इस्ट बंगालमा अनुबन्धित भए संगै उनी पहिलो नेपाली खेलाडी बन्न सफल भएका हुन् ।सेन्टर ब्याक अनन्तले यस सिजनको अन्तिमसम्मका लागि इस्ट बंगालसँग सम्झौता गरेका छन् ।

तर, अनन्तले आईएसएलको चार खेल मात्र खेल्ने छन् । उनको टोलीले लिगमा अब चार खेल खेल्न बाँकी रहेको छ ।अनन्तले थ्री स्टार क्लबमा सहिद स्मारक ए डिभिजन लिग खेलिरहेका थिए । थ्री स्टारले अनन्तलाई आईएसएलका लागि फुकुवा समेत गरिसकेको छ । थ्री स्टारले आज अनन्तलाई बिदाइ गर्ने कार्यक्रम रहेको छ ।अनन्त आबद्द इस्ट बंगाल लिगको १० औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर