डिबलाको गोलमा युभेन्ट्स सेमिफाइनलमा — OSNepal

डिबलाको गोलमा युभेन्ट्स सेमिफाइनलमा

LC (KTM) February 11, 2022 0

इटालीयन सिरी ए क्लब युभेन्ट्स कोपा इटालीयाको सेमिफाइनलमा प्रबेश गरेको छ ।

बिहीबार राति घरेलु मैदानमा पाउलो डिबला र एक आत्माघाती गोल उपहार पाएको युभेन्ट्स सासुओलोलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

खेलको तेस्रो मिनेटमै घरेलु टोलीलाई अर्जेन्टिनी स्टार डिबलाले अग्रता दिलाए । हामेद जिनियरले गोल गर्दा भ्रमणकारी टोली बराबरी गर्न सफल भयो । तर खेल सकिन दुई मिनेट अघि सासुओलोका रुआनले आत्माघाती गोल गर्दा युभेन्ट्स विजयी भयो ।

अब फाइनल प्रबेशका लागि डबल लेगमा युभेन्ट्सले फिओरेन्टेनाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा इन्टर मिलान र एसी मिलान भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर