काठमाडौका सडकमा यस्तो किन गर्दैछ प्रहरी ? — OSNepal

काठमाडौका सडकमा यस्तो किन गर्दैछ प्रहरी ?

LC (KTM) February 11, 2022 0

काठमाडौ । काठमाडौ उपत्यकाका सडकमा अहिले ट्राफिक प्रहरी निकै आ क्रा मक बनेको छ । एकै दिन ठूलो संख्याका सवारी चालक कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७०३ जना सवारी चालकमाथि कारवाही गरेको जनाएको छ ।

बिहीबार काठमाण्डौ उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कारवाहीमा पर्ने सवारी चालकमा फुटपाथमा पार्किङ गर्ने १४६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८३ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ५६ जना रहेका छन् ।

ढोका खुल्लै राखेर सवारी चलाउने ४९ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने ३५ जना, मदिरा पिएर सवारी साधन चलाउने ४४ जना र क्षमताभन्दा बढी यात्रु राख्ने २१ जना चालकलाई पनि कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर