४ वर्षमा साढे ३ अर्ब रुपैयाँ कमाइन् यी ७ वर्षकी बालिकाले — OSNepal

४ वर्षमा साढे ३ अर्ब रुपैयाँ कमाइन् यी ७ वर्षकी बालिकाले

LC (KTM) February 11, 2022 0

काठमाडौं । साढे ३ अर्ब रुपैयाँ कमाएकी ७ वर्षकी बालिका अहिले सामाजिक संजालमा भाइरल बनेकी छिन् । उनी हुन् रुसी सोशल मीडिया स्टार अनास्तासिया रेडजिस्काया ।

अघिल्लो वर्ष ३ करोड ६० लाख रुपैयाँ कमाएकी यी सानी बालिकाको मुख्य आयस्रोत हो युट्युब र इन्स्टाग्राम । युट्युब र इन्स्टाग्राम जस्ता सोशल मीडिया प्लेटफर्ममा अपलोड गरेर बच्चामा केन्द्रीत पौष्टिक सामग्री र आकर्षित बिदा तथा महँगो नीजि जेट यात्राको तस्बिरको रोचक मिश्रणका माध्यमबाट उनले मनग्य आम्दानी गर्दै आएकी छिन् ।

उनले तयार पारेका विषय वस्तुहरु संसारभरका बालबालिकाहरुले खुशी हेर्ने गर्छन् । बाबु आमाले बिरामी छोरीको हेरचाहका लागि आफ्नो जागिर छोडे र छोरीका लागि युट्युब च्यानल ‘लाइक नास्त्या’ सुरु गरे । उनीहरुले मुल रुपमा युट्युब च्यानललाई अनास्तासियाका लागि एक एजुकेशनल प्रोजेक्टको रुपमा काम गरेका थिए । तर केही वर्षभित्रै उनले पैसा कमाउन थालिन् र करोपति क्लबमा जोडिइन् । ४ वर्ष अघि अपलोड गरिएको एउटा भिडियोलाई त ९० करोड भन्दा बढी पटक हेरिइसकेको छ । जसबाट मात्रै उनले ठूलो रकम कमाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर