आफ्नै छोरीको भन्दा कम उमेरकी महिलासँग तेस्रो विबाह गरे यी सांसदले — OSNepal

आफ्नै छोरीको भन्दा कम उमेरकी महिलासँग तेस्रो विबाह गरे यी सांसदले

LC (KTM) February 11, 2022 0

एजेन्सी । दोस्रो श्रीमतीसंग डिभोर्स गरेकै दिन गरे तेस्रो विवाह गरेको रोचक समाचार कहिल्यै सुन्नु भएको छ ? खबर हो पाकिस्तानको । पाकिस्तानको सत्तारुढ दल पीटीआईका सांसद तथा लोकप्रिय टेलिभिजन होस्ट डाक्टर अमिर लियाकत हुसैनले यो अर्नौठो काम गरेका हुन् ।

४९ वर्षीया सांसदले १८ वर्षीया सईदा दानिया शाहसँग गरेको तेस्रो विवाहले पाकिस्तानमा मात्रै चर्चा पाएन । यसले विश्वभरीनै समाचार छाएको छ । तेस्रो विबाह गरेकै दिन आमिर लियाकत हुसैनले इन्स्टाग्राम पोस्टमार्फत दिएका छन् ।

यी भाइरल सांसदले इस्टाग्राममा तेस्रो पत्नीको तारिफ गर्दै भनेका छन् ‘धेरै मीठो, सुन्दर, सरल र प्यारो । म मेरा सबै शुभचिन्तकहरूलाई हाम्रो लागि प्रार्थना गर्न अनुरोध गर्न चाहन्छु। जिन्दगीको नराम्रो समयलाई मात्रै छोडेको छु ।

यो गलत निर्णय थियो। आमिरको तेस्रो श्रीमतीको बारेमा कुरा गर्दा, आमिरले विवाहको घोषणा गर्नु अघि सईदाका धेरै भिडियोहरू आफ्नो इन्स्टाग्राममा पोस्ट गरेसँगै भाइरल बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर