आईपीएल छनोटमा नपरेपछि तनावमा सन्दीप लामिछाने — OSNepal

आईपीएल छनोटमा नपरेपछि तनावमा सन्दीप लामिछाने

LC (KTM) February 13, 2022 0

काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई अर्को कडा झड्का लागेको छ । सन् २०१८ मा पहिलो पटक दिल्ली क्यापिटल्समा अनुबन्ध भई दुई सिजन खेलेर विश्व चर्चित बनेका सन्दीपले भने यस वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने सम्भावना कम छ ।

हिजोदेखि सुरु भएको १५ औं संस्करणको आईपीएलको मेगा अक्सनमा लेग स्पीनर सन्दीपलाई कुनै पनि टिमले नलिएपछि उनी खेल्ने संभावना कम हुँदै गएको हो । यो वर्ष स्पीनरलाई कुनै पनि टिमले चासो नदेखाएका कारण सन्दीप ओझेलमा परेका हुन् ।

सन्दीप मात्रै होइनन् अफगानिस्तानका मोहम्मद नावी र मुजिव उर रहमान, दक्षिण अफ्रिकाका इमरान ताहिर, अष्ट्रेलियाका एडम जाम्पा र इंग्ल्याण्डका आदिल रासिदलाई पनि कुनै टोलीले बोली लगाएन ।

यसैबिच आज कुनै फ्रेन्चाइजले शनिबार अनुबन्ध नभएका खेलाडीलाई विसलिस्टबाट अक्सनमा सामेल गराउन सक्ने संभावना भने रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर