युनाइटेड रोकिदा एभर्टनको सहज जित — OSNepal

युनाइटेड रोकिदा एभर्टनको सहज जित

LC (KTM) February 13, 2022 0

काठमाडौं, १ फागुन-इंग्लिस प्रिमियर लिग फुटबलको शनिबारका खेलमा महारथी क्लब म्यानचेस्टर युनाइटेड रोकिदा एभर्टनले भने सहज जित निकालेको छ। घरेलु मैदानमा युनाइटेडले साउथह्याम्पटनसंग १-१ अन्तरको बराबरीमा रोकियो । युनाइटेडले अग्रता जोगाउन नसक्दा अंक बाढ्यो ।

२१औं मिनेटमा जाडोन सान्चोको गोलमा युनाइटेडले अग्रता बनायो । ४८औं मिनेटमा चेन एडाम्सले गोल गर्दै खेल बराबरीमा ल्याए ।बराबरी पछि युनाइटेड २४ खेलबाट ४० अंक सहित पाचौं स्थानमा छ । समान खेलबाट २९ अंक बनाएको साउथह्याम्पटन १०औं स्थानमा छ ।

यता, एभर्टनले सहज जित निकाल्ने क्रममा लिड्स युनाईटेडलाई ३-० गोल अन्तरले हरायो । घरेलु मैदानमा सिमुस कोलम्यान, माइकल किन र एन्थोनी गोर्डोनले एक एक गोल गरे ।यस जितसँगै एभर्टन २२ खेलमा २२ अंक जोड्दै १६ औं स्थानमा छ । लिड्स २३ अंक जोडेर १५ औं स्थानमा छ ।

अन्य खेलमा ब्राइटनले वाट्फोर्डलाई २-० ले हराउदा ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेले । यता शीर्ष स्थानको म्यानचेस्टर सिटीले नर्विचलाई ४-० अन्तरले पराजित गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर