यदि कानको संकेतलाई समयमै पहिचान गर्न सके कैयौँ रोगबाट बच्न सकिन्छ — OSNepal

यदि कानको संकेतलाई समयमै पहिचान गर्न सके कैयौँ रोगबाट बच्न सकिन्छ

LC (KTM) February 13, 2022 0

काठमाडौं हाम्रो शरीरमा कतिपय यस्ता अंग हुन्छन्, जसले बिरामी हुनुपूर्व नै रोगबारे संकेत दिन्छन् । कान पनि त्यस्तै एउटा अंग हो । यदि कानको संकेतलाई समयमै पहिचान गर्न सके कैयौँ रोगबाट बच्न सकिन्छ । यी हुन् कानबाट थाहा पाउन सकिने चार रोग

डायबिटिज-यदि लामो समयसम्म कानले कम सुन्न थालेमा सजग हुनुपर्छ । किनकि, डाइबिटिजका कारण पनि यस्तो हुन सक्छ । डाइबिटिज हुने समय रक्तसञ्चारको सन्तुलन बिग्रन जान्छ र कानसम्म सही ढंगले रगतको चाप पुग्न सक्दैन ।

हर्ट डिजिज-एक वा दुवै कानका ‘इअर लोब’ लत्रिन थालेमा सम्झनुपर्छ कि यो हर्ट डिजिजको समस्या हुन सक्छ । किनभने, कानको नसा शरीरका थुप्रै अंगका नसासँग जोडिएको हुन्छ । त्यसैले मुटुसम्बन्धी नसामा समस्या आएमा कान झोल्लिन वा लत्रिन सक्छ । त्यसैले यस्तो संकेत पाउनासाथ चिकित्सककहाँ जानुपर्दछ ।

किड्नी डिजिज-यदि तपाईंको कानको अकार बिग्रन थालेको छ भने पनि यो ठूलो रोगको संकेत हुन सक्छ । कानको आकार बिग्रनु भनेको मिर्गौलासम्बन्धी रोगको संकेत पनि हो ।नयाँ पत्रिकाले छापेको छ ।

फंगल इन्फेक्सन-दुवै कानमा लामो समयसम्म चिलाउने समस्या भएमा भने फंगल इन्फेक्सन हुन सक्छ । फंगल इन्फेक्सनले कानमा निकै दुखाइको अनुभूतिसमेत गराउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर