एमसीसीको बहस डाइभर्ट गर्न महाभियोग प्रस्ताव दर्ता गरिएको होइन : अर्नुननरसिंह केसी — OSNepal

एमसीसीको बहस डाइभर्ट गर्न महाभियोग प्रस्ताव दर्ता गरिएको होइन : अर्नुननरसिंह केसी

LC (KTM) February 13, 2022 0

काठमाडौं १ फागुन । नेपाली कांग्रेसका नेता अर्नुननरसिंह केसीले एमसीसीको बहस डाइभर्ट गर्न महाभियोग प्रस्ताव दर्ता नगरिएको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै नेता केसीले न्यालयको गतिरोधलाई अन्त्य गर्न महाअभियोग लगाइएको बताएका हुन् ।

आज आइतबार सत्तारुढ दलका ९८ जना सांसहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराविरुद्ध महाअभियोगको पत्रमा हस्ताक्षर गरी संसद सचिवालयमा दर्ता गरेका थिए ।

एमसीसी र महाभियोगको विषय भएको बताएका उनले भने , ‘न्यायलयमा निकास निकाल्न जरुरी थियो । अब संसदमा गणीतीय कुरा आउने दिनमा टुंगो लाग्ला ।’

साथै, कुराकानीमा उनले महाभियोग आउनु सकारात्मक भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर