प्रतिगमनविरुद्धको आन्दोलनबाट बनेको गठवन्धन कुनै सर्तमा आधारित थिएन :प्रचण्ड — OSNepal

प्रतिगमनविरुद्धको आन्दोलनबाट बनेको गठवन्धन कुनै सर्तमा आधारित थिएन :प्रचण्ड

LC (KTM) February 13, 2022 0

काठमाडौं १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

जनकपुर पुगेका अध्यक्ष प्रचण्डले जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका हुन् ।

गठबन्धन हर हालतमा सदृढ गरेर जानुपर्ने बताएका उनले केही तत्वहरु गठबन्धन उल्ट्याउन, हुन लागेको निर्वाचन रोक्न र वातावरण धमिलो पार्न लागिपरेको आरोप लगाएका छन् ।

‘प्रतिगमनविरुद्धको आन्दोलनबाट गठबन्धन बनेको हो , गठबन्धन कुनै सर्तमा आधारित थिएन’ प्रचण्डले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर