पूर्व सांसद विष्णुलाल तामाङको निधनले नेता भट्टराई स्तब्ध — OSNepal

पूर्व सांसद विष्णुलाल तामाङको निधनले नेता भट्टराई स्तब्ध

LC (KTM) June 04, 2021 0

काठमाडौँ २१ जेठ । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले पूर्व सांसद तथा असल विष्णुलाल तामाङको निधनको खबरले आफु स्तब्ध भएको बताएका छन् ।

नेता भट्टराईले कोरोना संक्रमणबाट ज्यान गुमाएका तामाङलाई हार्दिक श्रद्धन्जली अपर्ण गर्दै परिवारजनमा गहीरो समवेदना व्यक्त गरेका छन् । नेता भट्टराईले आज ट्वीटर मार्फत सिराहाका जुझारू किसान९मजदूर नेताका रूपमा स्थापित वहॉको सादा जीवन र उच्च विचारबाट आफुहरले सदैव प्रेरणा लिइरहने समेत बताएका छन् ।

भट्टराईले भनेका छन् , पूर्व सांसद तथा असल मित्र बिष्णुबहादुर तामांग (बि एल वाइवा)को कोरोनाबाट निधनको खबरले स्तब्ध छु।सिराहाका जुझारू किसान-मजदूर नेताका रूपमा स्थापित वहॉको सादा जीवन र उच्च विचारबाट हामीले सदैव प्रेरणा लिइरहनेछौं। हार्दिक श्रद्धन्जली! परिवारजनमा गहीरो समवेदना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर