आइपीएल अक्सन : २०२२ मा अण्डर १९ विश्वकप फाइनलका नायक राज बावा बने छिनमै करोडपति, यश धुल भन्दा ३ गुणा बढी पैसा — OSNepal

आइपीएल अक्सन : २०२२ मा अण्डर १९ विश्वकप फाइनलका नायक राज बावा बने छिनमै करोडपति, यश धुल भन्दा ३ गुणा बढी पैसा

LC (KTM) February 13, 2022 0

आईपीएल मेगा अक्सन लिलामीको दोस्रो दिन सबैको नजर टीम इन्डियाका अन्डर(१९ खेलाडीमा थियो। यसको कारण हालै भारतले इंग्ल्याण्डलाई हराएर विश्वकपको उपाधि जितेको हो । यश धुलको कप्तानीमा टीम इन्डियाले यो चमत्कार गरेको थियो भने स्टार अलराउन्डर राज बावाले पनि टीम इन्डियाको जितमा महत्वपूर्ण योगदान दिएका थिए ।

आईपीएल लिलामीको दोस्रो दिन यश धुललाई दिल्ली क्यापिटल्सले ५० लाखमा थप्यो भने उनका साथी राज बावा करोडपति बने। राज बावालाई पञ्जाब किंग्सले २ करोडमा आफ्नो टोलीमा समावेश गरेको छ । धोनीको टोली सिएसके ले पनि राज बावालाई किन्न चासो देखायो। अब यी दुई खेलाडीले आफ्नो प्रदर्शनबाट आगामी आईपीएलमा छाप छोड्न सक्छन् कि सक्दैनन् त्यो भने हेर्न रोचक हुनेछ ।

यी दुई खेलाडीबाहेक अन्य खेलाडीको कुरा गर्दा अन्डर १९ का स्टार खेलाडी विक्की ओट्सवाललाई कुनै पनि टोली किन्न मन गरेनन् उनि अनसोल्डमा परे । आइपिएल लिलामीको पहिलो दिन कुल ९७ खेलाडीको बोली लागेको थियो जसमा ७४ खेलाडी खरिद भएका थिए भने २३ खेलाडीले खरिदकर्ता पाएका थिएनन् ।

पहिलो दिनको लिलामीमा इशान किशनमा पैसाको वर्षा भयो । इशान किशन आईपीएलको इतिहासमा दोस्रो सबैभन्दा महँगो बिक्रि हुने भारतीय खेलाडी बने, जसलाई मुम्बई इन्डियन्स टोलीले १५ करोड २५ लाखमा किनेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर