नागरिकता अध्यादेशसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा,अब अर्को सुनुवाई जेठ २७ मा — OSNepal

नागरिकता अध्यादेशसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा,अब अर्को सुनुवाई जेठ २७ मा

LC (KTM) June 04, 2021 0

काठमाडौँँ २१ जेठ । नागरिकता अध्यादेशविरुद्ध परेको मुद्धामा सुरु भएको सुनुवाई आज हेर्दाहेदैमा राखिएको छ । संवैधानिक इजलासमा सुरु भएको मुद्धाको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराको नेतृत्वमा वरिष्ठताको आधारमा चार न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

अब अर्को सुनुवाई जेठ २७ गते अदालतले जनाएको छ । नागरिकता अध्यादेशविरुद्ध परेको ६ वटा रिटमा सरकारले संसदबाटै अनुमोदन गराई कानुन बन्नुपर्नेमा उक्त विधेयकलाई थन्क्याएर संसद विघटन गरी निश्चित समूहलाई खुशी पार्ने गरी केही राष्ट्रिय हित विपरीतका प्रावधान राखेर जारी गरिएको अध्यादेश संविधानसँग बाझिएको हुँदा बदर भागी भएको उल्लेख गरिएको छ ।

जारी गरिएको ध्यादेशमा ३ असोज २०७२ भन्दा अगाडि जन्मका आधारमा नेपालको नागरिकता लिएका नाबालिगको सन्तानलाई वंशजको आधारमा नागरिकता दिने व्यवस्था छ । त्यस्तै नेपाली आमाबाट जन्म भएका तथापी बाबुको पहिचान नभएको अवस्थामा पनि बच्चालाई वंशजका आधारमा नागरिकता दिने व्यवस्था अध्यादेशमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर