यसपालीको आइपीएल अक्सनमा कौडीको भाउमा पनि बिकेनन् सन्दीप लामिछाने — OSNepal

यसपालीको आइपीएल अक्सनमा कौडीको भाउमा पनि बिकेनन् सन्दीप लामिछाने

LC (KTM) February 13, 2022 0

छोटो समयमा एकदमै ठुलो छलांग मारेका नेपाली लेग स्पीनर सन्दीप लामिछाने यस वर्ष हुने इन्डियन प्रिमियर लिग आईपीएल मा अनसोल्ड भएका छन् । अर्थात उनलाई कुनै पनि टिमले किनेन । यस अघिको सिजनमा समेत नेपाली टोलीका कप्तान लामिछानेलाई कुनै टिमले भित्र्याएको थिएन । २०२१ को सिजन अघि लगातार तीन वर्ष दिल्ली क्यापिटल्सले लामिछानेलाई अनुबन्धन गरेको थियो ।

यस वर्षका लागि उनको बेसीक मुल्य नै ६४ लाख रुपैया थियो । तर पनि कुनै पनि टिमले चासो देखाएन । शनिबार बिक्न नसकेका लामिछानेका लागि आईतबार बिक्री हुने आशा रहेको थियो तर अक्सन टुङ्गिदासम्म लामिछाने अनसोल्ड रहे । विश्वकप छनोटका लागि लामिछाने नेतृत्वको राष्ट्रिय क्रिकेट टिम यतिबेला ओमानमा छ । तर विश्व क्रिकेटको सबैभन्दा ठुलो फ्रेन्चाईजमा लामिछाने माथि कौडीको पनि भाउ नलागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर