नेपालमा किन कोरोनाका धेरै सङ्क्रमितलाई अक्सिजन चाहिएको छ ? — OSNepal

नेपालमा किन कोरोनाका धेरै सङ्क्रमितलाई अक्सिजन चाहिएको छ ?

LC (KTM) May 10, 2021 0

कोरोना सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै नेपालमा पनि अक्सिजनको आवश्यकता व्यापक रूपमा बढेको चिकित्सकले बताएका छन्।

कोभिड-१९ का बिरामीहरूको सङ्ख्या बढेसँगै उनीहरूलाई आवश्यक पर्ने मेडिकल अक्सिजनको अभाव हुन नदिनका लागि उत्पादन बढाउन सरकारले उत्पादनकर्ताहरूलाई निर्देशन समेत दिएको छ।

त्यसबाहेक सरकारले लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।

दुई मन्त्रीसहित २६ सांसद सङ्क्रमित, संसद् अधिवेशन के हुन्छ?
दक्षिण एशियामा बढिरहेको कोभिड सङ्क्रमणले चिन्ता
तर निरन्तर बिरामीहरूको चाप बढ्नु र अस्पताल तथा उत्पादकहरूसँग सीमित स्रोत हुनुका कारण अक्सिजनको अभाव देखिएको चिकित्सकहरू बताउँछन्।

कोरोनाभाइरस सङ्क्रमितमध्ये श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीलाई अक्सिजन चाहिने चिकित्सकहरूले जनाएका छन्।

गत वर्ष कोरोनाभाइरस सङ्क्रमणको पहिलो लहरका बेलाको समयसँग तुलना गर्दा हाल अक्सिजनको आवश्यकता व्यापक रूपमा बढेको उनीहरूको भनाइ छ।

किन धेरै सङ्क्रमितलाई अक्सिजन आवश्यक ?
चिकित्सकहरूका अनुसार नेपालमा पनि भारतमा जस्तै अक्सिजन चाहिने कोभिडका बिरामीहरूको सङ्ख्या बढ्नुको मुख्य कारण सङ्क्रमितहरूको कुल सङ्ख्यामा देखिएको वृद्धि हो।

पछिल्ला केही दिनदेखि दिनहुँजसो कोभिड बिरामीहरूको सङ्ख्या सर्वाधिक देखिएको छ।

स्वास्थ्य मन्त्रालयले शनिवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा नेपालमा थप ८,४१४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

त्यस्तै देशभरि ८३,४९३ जना पुष्टि भएका सक्रिय सङ्क्रमिततीमध्ये ५,४७५ जना संस्थागत आइशोलेशनमा र बाँकी सबै घरमै बसिरहेको मन्त्रालयले जनाएको छ।

अस्पतालमा रहेकामध्ये ७५८ जना आईसीयूमा र २३१ जना भेन्टिलेटरमा उपचाररत छन्।
अक्सिजन

मन्त्रालयका अनुसार सो अवधिमा थप ५० जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त भएको छ।

धेरै माग हुनुका साथै युवाहरूलाई समेत अक्सिजनको आवश्यकता पर्दा अभाव देखिएको हुन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक डा. शेरबहादुर पुनको अनुमान छ।

”पहिलाभन्दा अलिक बढी मानिसहरूलाई भर्ना गराउने क्षमता (भाइरसले) विकास गरेको छ। त्यसले गर्दा धेरैलाई अक्सिजन चाहियो,” डा. पुन बताउँछन्।

कोभिड बिरामीको शरीरमा अक्सिजन बढाउने भनिएका भ्रामक सुझावहरू
कोभिड भएर घरमै बसेका बिरामीलाई स्थानीय तहले यसरी सघाउन सक्छन्
पुनका अनुसार नेपालमा सङ्क्रमण अझै उकालो लाग्ने क्रममै छ। छोटो समयमा धेरैलाई अस्पतालसम्म पुर्‍याएकाले थप उपायहरू नअपनाए झन् गम्भीर अवस्था सृजना हुन सक्ने उनले सङ्केत गरे।लगभग सबै ‘परिवारमा सङ्क्रमण पुगिसकेको’ अनुमान गर्दै उनले करिब दुईदेखि चार हप्ता नेपालका लागि निकै महत्त्वपूर्ण हुने बताए। बीबीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर