विमानस्थल विस्तार गर्न ‘एक रुपैयाँ अभियान’ ! — OSNepal

विमानस्थल विस्तार गर्न ‘एक रुपैयाँ अभियान’ !

LC (KTM) February 15, 2022 0

दाङ,३ फागुन-दाङको टरिगाउँ एरपोर्ट विस्तारका लागि ‘एक रुपैयाँ’ संकलन अभियान सुरु गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले टरिगाउँ विमानस्थलको स्तरबृद्धिका लागि खुत्रुके अभियान स्वरुप ‘एक रुपैयाँ’ संकलन अभियान सुरु गरेको हाे ।

सम्बन्धित निकायलाई पटकपटक अनुरोध गर्दा पनि बेवास्ता गरेकाले दबाब दिन अभियानको सुरुवात गरेको संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए ।

टरिगाउ विमानस्थलको स्तरोन्नतिका लागि आवश्यक कदम चाल्न प्रदेश र केन्द्र सरकारसँग आग्रह गरिएकाे छ । अध्यक्ष चालिसेले ५१ हजारको चेक हस्तान्तरण गरेर आफैले अभियानको सुरुवातसमेत गरे ।

अभियानमा सहयोग गर्न राष्ट्रिय वाणिज्य बैंकमा ‘तुलसीपुर उद्योग बाणिज्य संघ एयरपोर्ट’ खाता नम्बर ४१६०१०००००००७००६मा रकम जम्मा गर्न सकिने उनले बताए । ‘एक-एक रुपैयाँ संकलन गरेर भए पनि एरपोर्ट विस्तार गरौ भन्नेमा लागेका छौँ,’ उनले भने, ‘यो पूर्ण सफल बनाउँछौँ ।’

अहिले नेपाल एरलाइन्सकाे जहाजले हप्तामा पाँच दिन उडान भर्दै आएको छ । संघको एक रुपैयाँ अभियानमा राष्ट्रियसभा सदस्य कोमल वलीले ५ सय रुपैया सहयोग गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर