मन्त्रिपरिषदका यी चार मन्त्रीबाहेक सबैलाई हटाए ओलीले — OSNepal

मन्त्रिपरिषदका यी चार मन्त्रीबाहेक सबैलाई हटाए ओलीले

LC (KTM) June 04, 2021 0

काठमाडौँ २१ जेठ । हाल मन्त्रिपरिषद्मा रहेका चार मन्त्री बाहेक सबैलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउने भएका छन् ।

जनता समाजवादी पार्टी जसपासँग सहकार्य गर्न लागेका ओलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्रीलाई हटाउने तयारी गरिएको बालुवाटार स्रोतले जनाएको छ ।

अहिले जसपा का ८ जना मन्त्री र दुई राज्यमन्त्री तथा एमालेका दुई मन्त्रीलाई शपथ गराउने तयारी ओली लागेका छन् । त्यसैगरी, स्वास्थ्य मन्त्रालयको जिम्मा शेरबहादुर तामाङले पाउने भएका छन् भने एमालेबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मा रघुबीर महासेठले पाउने निश्चित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर