विबाह गरेको केही दिनमा नै यो जोडीले घटाए कूल १८१ किलो तौल — OSNepal

विबाह गरेको केही दिनमा नै यो जोडीले घटाए कूल १८१ किलो तौल

LC (KTM) February 15, 2022 0

काठमाडौँ । विबाहपछि धेरैजसोको तौल बढ्छ । तर अमेरिकाको इन्डियानामा बस्ने लेक्सी रिड र उनका पति ड्यानी रिडले विबाहपछि कूल १८१ किलो तौल घटाएका छन् । बिहेपछिको खुसी तथा सन्तुष्टिले आफ्नो तौल घटेको उनीहरुले बताउँदै आएका छन् ।

सन् २०१६ मा बिहे गरकेो यो जोडीले त्यतिबेला उनको शरीरको तौल २१९ किलो थियो । उनका पति ड्यानी रिडको तौल १२७ किलो थियो । तर विबाहपछि यो जोडीको तौल कुल १८१ किलो घटेको छ ।

बिहेपछि पत्नीको तौल १४१ किलो र पतिको तौल ४३ किलो घटेको बताइएको समाचारमा जनाइएको छ । विबाहपछि यो जोडीले तौल घटाउने प्रण गरे र त्यही बमोजिमको खानपान, व्यायाम र मेहेनत गरेपछि यो चमत्कार भएको बताइएको छ ।

खानपिनका निकै शौखिन यो जोडीले चाहे जे कुरा पनि सम्भव छ तर इच्छाशक्ति चाहिन्छ भन्ने कुरालाई प्रमाणित गरेर देखाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर