सन्दीप लामिछानेको कप्तानीमा टी-२० विश्वकप छनोट खेल्ने नेपाली टिम घोषणा — OSNepal

सन्दीप लामिछानेको कप्तानीमा टी-२० विश्वकप छनोट खेल्ने नेपाली टिम घोषणा

LC (KTM) February 15, 2022 0

काठमाडौं, ३ फागुन-आइसीसी टी-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरेको हो । टिममा कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरी वैकल्पिक खेलाडीको रुपमा रहेका छन् ।विश्वकप छनोट खेल्ने नेपाली टिम यसप्रकार रहेको छ ।

सन्दीप लामिछाने (कप्तान), शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, मोहम्मद आशिफ शेख, अविनाश बोहोरा, जितेन्द्र मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव, लोकेश बम, सागर ढकाल र गुल्सन झा रहेका छन् ।टिममा तीव्र गतिका बलर करण केसीको स्थानमा गुल्शनकुमार झाले स्थान बनाएका छन्। केसी चोटका कारण टिमबाट बाहिरिएका हुन् ।

टी-२० विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूह ‘ए’ मा नेपाल र आयोजक ओमानसहित बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र युएई गरी आठ टिम छन् । फागुन ६ गते ओमान, ७ गते फिलिपिन्स र ९ गते क्यानडासँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर