अमेरिकामा कोरोना घट्ने क्रम जारी,२४ घण्टामा ४१ हजार संक्रमित थपिदा ६६७ जनाले ज्या न गुमाए — OSNepal

अमेरिकामा कोरोना घट्ने क्रम जारी,२४ घण्टामा ४१ हजार संक्रमित थपिदा ६६७ जनाले ज्या न गुमाए

LC (KTM) May 10, 2021 0

न्यूयोर्क, २७ बैशाख- अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ४१ हजारभन्दा बढी रहेको छ । उक्त समयमा कोभिड–१९ सङ्क्रमित ६६७ जनाको मृ त्यु भएको छ । कोरोनाबाट सङ्क्रमण हुनेको सङ्ख्यामा पछिल्लो दुई हप्तामा अत्यधिक कमी आएको यहाँकोसरकारी तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार बिगत दुई हप्तामा सङ्क्रमित सङ्ख्या ३० प्रतिशतको हाराहारीमा कम भएको देखिएको छ ।

अमेरिकामा सोमबारसम्म कूल पाँच लाख ९५ हजार ३०२ सय कोभिड सङ्क्रमितको मृ त्यु भएको छ । यो दुई हप्तामा मृ त्यु सङ्ख्यामा छ प्रतिशतले कमी आएको बताइएको छ ।
पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा विगत २४ घण्टामा ३९ हजार ७२ व्यक्ति अस्पतालमा कोरोना उपचारको लागि भर्ना भएका भएपनि अघिल्लो हप्ताभन्दा अस्पताल पुग्ने विरामीको सङ्ख्या अत्यधिक कम रहेको उल्लेख गरिएको छ ।

आइतबारसम्म कोरोनाबाट संक्रमित हुने अमेरिकीको सङ्ख्या तीन करोड २७ लाख ७९ हजारभन्दा बढी रहेको छ । यहाँ कोभिड–१९ विरूद्धको दुबै खोप लगाउनेको सङ्ख्या ३४ प्रतिसत पुगेको छ भने एक मात्रा मात्र खोप मात्र लगाउनेको संख्या ४६ प्रतिशत पुगेको छ । (रासस÷एपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर