स्थानीय तह निर्वाचनको लागि यी ६ दलहरुले मात्रै दलीय चुनाव चिह्न पाउने — OSNepal

स्थानीय तह निर्वाचनको लागि यी ६ दलहरुले मात्रै दलीय चुनाव चिह्न पाउने

LC (KTM) February 16, 2022 0

काठमाडौं ४ फागुन । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले ६ वटा दललाई दलीय निर्वाचन चुनाव चिन्ह्र पाउने भएका छन् ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ मा राष्ट्रिय दलको मान्यतासम्बन्धी व्यवस्था अनुसार यस्तो गरिएको हो । अन्य राष्ट्रिय दलको मान्यता नपाएका दलका नेताहरुले स्वतन्त्र उम्मेदवारको रुपमा भने आयोगले चुनाव चिन्ह्र प्रदान गर्ने भएको छ ।

(नेकपा) एमाले (सूर्य), नेपाली कांग्रेस (रुख) नेकपा माओवादी केन्द्र (गोलाकारभित्रको हँसिया हथौडा), नेकपा एकीकृत समाजवादी (कलम), जनता समाजवादी पार्टी (छाता) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (साइकल)ले मात्र स्थानीय चुनावमा चुनाव चिन्ह्र पाउने भएका छन् ।

यी ६ दलहरुले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ अनुसार दलीय निर्वाचन चिह्न दिइने व्यवस्था छ ।

ऐनको दफा २६ ९६० मा भनिएको छ, ‘यस दफा बमोजिम निर्वाचन चिह्न वितरण गर्दा राजनीतिक दल सम्बन्धी प्रचलित संघीय कानुन बमोजिम राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गरेको दलको उम्मेदवारलाई मात्र सम्बन्धित दलको निर्वाचन चिह्न वितरण गरिनेछ । ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर