संसद बैठकमा एमसीसी पेस गरे सरकारबाट बाहिरिने माओवादीको निर्णय — OSNepal

संसद बैठकमा एमसीसी पेस गरे सरकारबाट बाहिरिने माओवादीको निर्णय

LC (KTM) February 16, 2022 0

काठमाडौं, ४ फागुन – सत्तारुढ दल नेकपा माओवादी केन्द्रले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गरिए सरकारबाट बारिने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

सरकारले प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेपछि माओवादी केन्द्रको सो निर्णय आएको हो ।

कांग्रेसले एमसीसी अनुमोदन गर्नुपर्ने निर्णय गरेसँगै सरकारले बुधबार प्रतिनिधिसभा बैठकमा पेस गर्न लागेको हो । तर, माओवादी केन्द्रले भने दलहरूबीचको सहमतिमात्र सो प्रस्ताव पेस गर्नुपर्ने निर्णय गरेको गुरुङले बताए ।

उनका अनुसार सरकार आफ्नो ढंगले अघि बढ्न खोजे गठबन्धन तोडिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर