सगरमाथा आधार शिविरबाट फर्किएका थप चार जनामा कोरोना संक्रमण पुष्टि — OSNepal

सगरमाथा आधार शिविरबाट फर्किएका थप चार जनामा कोरोना संक्रमण पुष्टि

LC (KTM) May 10, 2021 0

सोलुखुम्बु, २७ वैशाख- सगरमाथा आधार शिविरबाट फर्किएका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पासाङ ल्हामु निकोलनिकी अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा तिनमा कोरोना संक्रमण पुष्टि भएकोे खुम्बु पासाङ ल्हामु गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले जानकारी दिनुभयो ।

सगरमाथा आधार शिविरमा पुगेका उनीहरु शंकास्पद लक्षण देखिएपछि आइतबार लुक्ला झरेका थिए । आज एण्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाले जनाएको छ । सोलुखुम्बु ठेगाना भएका उनीहरु पर्यटकको सहयोगीका रुपमा सगरमाथा क्षेत्र गएको पाइएको छ । यससँगै सगरमाथा आधार शिविरबाट फर्किएका २० जनामा संक्रमण पुष्टि भएको छ ।

पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार सगरमाथा आरोहीमा भने कोरोनाको कुनै पनि प्रभाव परेको छैन । शिखरतर्फ जान तयारी अवस्थामा रहेका आरोही तथा उनीहरुका सहयोगीले स्वास्थ्यको मापदण्ड पालना गरेकाले पनि कोरोनाको कुनै प्रभाव नरहेको उहाँको भनाइ थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर