शहीद स्मारक बी डिभिजन खेल यसै महिनामा हुने — OSNepal

शहीद स्मारक बी डिभिजन खेल यसै महिनामा हुने

LC (KTM) February 16, 2022 0

काठमाडौँ, ४ फागुन – सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता यही फागुन तेस्रो सातादेखि सुरुआत हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ‘बी’ डिभिजन लिग यही फागुन १८ गतेदेखि सुरुआत हुने जनाएको छ ।

बी डिभिजन लिगमा विभिन्न १४ क्लबको सहभागिता रहनेछ जसमा झम्सिखेल युथ क्लब, सामाजिक युवा क्लब, बाँसबारी क्लब, खुमलटार युवा क्लब, वीरगञ्ज युनाइटेड क्लब, नयाँबस्ती युवा क्लब र छुरच वोइज युनाइटेड क्लब छन् ।

त्यसैगरी टुसाल युवा क्लब, श्री कुमारी क्लब, ब्वाइज युनियन क्लब, रानीपोखरी कर्नर टिम, सरस्वती युवा क्लब, मध्यपुर युथ एशोसियसन र श्री भगवती क्लब सहभागी छन् । सिङ्गल राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष स्थान हासिल गर्ने दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछन् । यस्तै पुछारका दुई टोली भने रेलिगेसनमा पर्नेछन् ।

लिगको उद्घाटन खेलमा तीन वटा खेल हुनेछन् । जसमा पहिलो खेल झम्सिखेल युथ क्लब र श्री भगवती क्लवबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा बाँसबारी क्लब र सरस्वती युवा क्लब तथा तेस्रो खेलमा वीरगञ्ज युनाइटेड र बोइज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर