देउवाको गगन थापासहित अन्य नेताहरुसँगको आन्तरिक छलफलका कारण सत्ता गठवन्धनको बैठक बस्न ढिला — OSNepal

देउवाको गगन थापासहित अन्य नेताहरुसँगको आन्तरिक छलफलका कारण सत्ता गठवन्धनको बैठक बस्न ढिला

LC (KTM) February 17, 2022 0

काठमाडौं ५ फागुन । पाचँ बजे भनिएको सत्ता गठवन्धनको बैठक अझै सुरु भएको छैन ।

यता एमसीसीको विषयमा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवा आन्तरिक छलफलमा जुटेका छन् । देउवाको आन्तरिक छलफलले गर्दा बैठक बस्न ढिला भएको हो ।

देउवाका पार्टीका पसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री बालकृष्ण खाण र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सँगको आन्तरिक छलफलमा छन् ।

बालुवाटारमा सत्ता गठवन्धनका नेताहरु आउने क्रम जारी भएपनि देउवा आन्तरिक छलफलमा हुँदा बैठक बस्न ढिला भएको हो । साँझ पाँच बजे बस्ने भनिएको बैठक साढे पाँच बजिसक्दा पनि सुरु भएको छैन ।

एमसीसी पारित गरिए सरकारबाट बाहिरिने भन्दै माओवादी र नेकपा एसले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर