निर्वाचन आयोगमा थप तिन दल दर्ता, दलको संख्या १०६ पुग्यो — OSNepal

निर्वाचन आयोगमा थप तिन दल दर्ता, दलको संख्या १०६ पुग्यो

LC (KTM) February 17, 2022 0

काठमाडौं ५ फागुन । निवार्चन आयोगमा थप तिन दल दर्ता भएका छन् । तिन दल थपिएसँगै आयोगमा दर्ता हुने दलको संख्या १०६ पुगेको छ ।

यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुने भएपछि आयोगले दल दर्ताको लागि आह्वान गरेपछि थप नित दल दर्ता भएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहिबार पत्रकार सम्मेलन गर्दै सामाजिक एकता पार्टी जनता प्रगतिशील पार्टी नेपाल, र नागरिक उन्मुक्ति पार्टीको दल दर्ता भएको जानकारी गराएका हुन्।

आयोगले दल दर्ताको लागि फागुन १५ गते सम्मको सयम दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर