बालुवाटारमा जारी सत्तागठवन्धनको बैठकमा एमसीसी विरोधी राष्ट्रिय जनमोर्चालाई बोलाइएन, अन्य क-कसको छ सहभागिता ? — OSNepal

बालुवाटारमा जारी सत्तागठवन्धनको बैठकमा एमसीसी विरोधी राष्ट्रिय जनमोर्चालाई बोलाइएन, अन्य क-कसको छ सहभागिता ?

LC (KTM) February 17, 2022 0

काडमाडौं ५ फागुन । एमसीसीको विषयमा निर्णायक छलफल गर्न बसेको सत्तागठवन्धनको बैठक बालुवाटारमा जारी छ । भोली शुक्रबार बस्ने संसद बैठकमा एमसीसी अनुमोदन गरिने भएपनि गठवन्धनमा सहमति जुटाउन आज बैठक बसेको हो ।

बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रवक्ता डा। प्रकाशशरण महत, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुको सभागिता रहेको छ ।

त्यसैगरी, नेकपा (माओवादी केन्द्र) को तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ सहभागी भएका छन् । साथै नेकपा (एकीकृत समाजवादी) को तर्फबाट अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल सहभागी भएका छन् ।

जनता समाजवादी पार्टीबाट संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठको सहभागिता रहेको छ। अध्यक्ष उपेन्द्र यादव भने सहभागी भएका छैनन् ।

तथापी , पाँच दलको गठवन्धनमा आजको बैठमा एमसीसीको विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चालाई भने नबोलाइएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर