पुर्व लडाकु नामदेव एमालेमा प्रवेश — OSNepal

पुर्व लडाकु नामदेव एमालेमा प्रवेश

LC (KTM) February 17, 2022 0

अर्घाखाँची – अर्घाखाँचीको मालारानी गाउँपालिका वार्ड नम्बर – ३ दह आरुबुटा निवासी युद्धकालिन अवस्थामा दह वाट युद्धमा जाने पहिलाे व्यक्ति नामदेव पाेख्रेल (क. बिजय) नेकपा (एमाले)मा प्रवेश गरेका छन ।

माओवादीका अध्यक्ष प्रचण्ड ले आँसुको मुल्य बुझ्थ्यो भने युद्धकालीन घाउका डोबले निस्केका आँसु आज मुस्कानमा परिणत भएका हुन्थे , नेतृत्वले कार्यकर्ता संग अर्कै कुरा , जनता संगै अर्कै कुरा झन नेता संग अर्कै कुरा गर्ने बोलीको ढुङ्गो नभएको लाई अध्यक्ष नमान्ने पोख्रेलले दावी गरे ।

नेकपा (माओवादी केन्द्र) का युद्धकालिन नेता नामदेव पाेख्रेल (क. बिजय) लाई निडर लडाकु समेत मानिन्थ्यो ।

एक कार्यक्रम बीच नेकपा एमाले पार्टी जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल, लिला बि.क., दिपा पाेख्रेल, डण्डपाणि पाेख्रेल, पर्सुराम पाेख्रेल, राेमहर्ष खनाल लगायतको उपस्थितिमा अभिरमाला लगाइ स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर