सानो गल्ति कै कारण काठमाडौँको बालाजुमा १८ वर्षीय विकास र दुर्गाको दुखद निधन — OSNepal

सानो गल्ति कै कारण काठमाडौँको बालाजुमा १८ वर्षीय विकास र दुर्गाको दुखद निधन

LC (KTM) February 17, 2022 0

काठमाडौ । काठमाडौँको बालाजुमा बसको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित गङ्गा हल अगाडि आज बसको ठक्करबाट नुवाकोटका १८ वर्षीय विकास तामाङ र बालाजु सुकुम्बासी बस्तीकी ५० वर्षीया दुर्गामाया थापाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते तामाङ र थापाको उपचारका क्रममा त्रिभुवनविश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख, प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । तामाङ र थापालाई ठक्कर दिने बसका चालक फरार छन् । उनको खोजी भइरहेको मिश्रले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर