आगलागीबाट एक बिघाहामा लगाएको लाखौँको उखुबाली नष्ट — OSNepal

आगलागीबाट एक बिघाहामा लगाएको लाखौँको उखुबाली नष्ट

LC (KTM) February 17, 2022 0

कञ्चनपुर, ५ फागुन -बेलडाँडी गाउँपालिका–३ का किसान नारायण चौधरीको काट्नका लागि तयारी अवस्थामा रहेको उखुबालीमा आज अचानक आगलागी हुँदा लाखौँको क्षति भएको छ । दिउँसो करिब ३ बजेको समयमा एक बिघा जग्गामा लगाइएको उखुबालीमा आगलागी भएको हो । आगलागी हुँदा रु दुई लाखभन्दा बढीको क्षति भएको पीडित चौधरीले बताउनुभयो ।

आगलागीका कारण भने खुल्न सकेको छैन । उखुबारीमा आगोको मुस्लो उठ्न थालेपछि स्थानीय बासिन्दाको निकै प्रयासपछि आगो निभाइएको थियो । “उखु काट्नका लागि योजना बनाउँदै थियौँ”, चौधरीले भन्नुभयो, “आगलागी हुँदा वर्षभरिको मेहेनत खेर गएको छ । आगलागीले उखुका बोट पूरै सुकेका छन् ।”(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर