ए डिभिजन लिग , एपिएफ संग मनाङ स्तब्ध — OSNepal

ए डिभिजन लिग , एपिएफ संग मनाङ स्तब्ध

LC (KTM) February 17, 2022 0

सहिद स्मारक एु डिभिजन लिग फुटबलमा एफिएफ संग मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ । बिहीबार भएको खेलमा मनाङ विभागीय टोली एपीएफ क्लबसँग लिगको दोस्रो स्थानमा रहेको मनाङ तीन एक गोल अन्तरले पराजित भएको हो । एपीएफलाई जित दिलाउन आशिष लामा, मनि कुमार लामा र नविन लामाले एक एक गोल गरे ।

मनाङका अन्जन विष्टले एक गोल फर्काए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती एक गोलको अग्रता उल्टाएर एपीएफले जित निकालेको हो । खेलको ३६ औं मिनेटमा कप्तान अन्जनले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । तर अग्रता सम्हाल्न नसक्दा मनाङ पराजित हुन पुग्यो । जितसँगै एपीएफलाई रेलिगेसनको डर समाप्त भएको छ । एपीएफले ११ खेलमा १४ अंक जोडेको छ । एपीएफ आठौं स्थानमा उक्लिएको छ । मनाङले ११ खेलमा २० अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा कायम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर