देउवाले ओलीलाई -संसद् खोल्नुस् मिलेर एमसिसी पास गरौं भन्दा ओलीले भने- सभामुख हटाउनुहोस् अनि... — OSNepal

देउवाले ओलीलाई -संसद् खोल्नुस् मिलेर एमसिसी पास गरौं भन्दा ओलीले भने- सभामुख हटाउनुहोस् अनि…

LC (KTM) February 18, 2022 0

काठमाडौं ६ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच बिहिबार राति भेटवार्ता भएको छ ।
सत्तागठन्धन दलको बैठकमा एमसीसीको विषयमा सहमति हुन नसकेपछि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् ।

भेटमा देउवाले संसद अवरोध हटाई एमसीसी पास गर्रौ भन्दा अध्यक्ष ओलीले जवाफमा आफ्ना पुर्व सर्त पुरा गर्न भन्दै उक्त प्रस्ताव अस्विकार गरेका छन् ।

‘संसद् खोल्नुस्, अवरोध नगर्नुस्, मिलेर एमसिसी पास गरौं।’ देउवाले भेटमा ओलीलाई भने । तर ओलीले जवाफमा भने ,’माधव नेपाल सहित १४ सांसदलाई कारवाही गर्नुपर्छ या त सभामुख अग्निप्रसाद सापकोटाले मार्गप्रशस्त गर्नुपर्छ । ‘

दुई बिच भएको भेटमा पनि दुवैले आ आफ्नो अडान लिएका छन् । भने ओली आफ्नो माग पुरा नभएसम्म कुनै प्रस्ताव पनि स्विकार नगर्ने जनाएका छन् ।

एमसीसीलाई संसदमा पेश गर्नुपर्छ भन्दै आएका देउवाले आज बस्ने संसद बैठकमा एमसीसीलाई अनुमोदन गर्ने बताएका छन् ।

संसदको कार्यसुचीमा एमसीसी समेट्न सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अगावै कार्यपरामर्श समितिको बैठ बोलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर