पाँच दलीय सत्ता गठबन्धनको आकस्मिक बैठक अहिले केही बेरमा बस्दै — OSNepal

पाँच दलीय सत्ता गठबन्धनको आकस्मिक बैठक अहिले केही बेरमा बस्दै

LC (KTM) February 18, 2022 0

काठमाडौं, ६ फागुन – पाँच दलीय सत्ता गठबन्धनकाे बैठक आज बिहान बस्दैछ । एमसिसी सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान १० बजे फेरि बैठक बस्न लागेकाे हाे ।

कांगेसले एमसिसी अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार नरहेपछि प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा छन् ।

तर १६ फागुनभित्र एमसिसीबारे निर्णय लिइसक्नुपर्ने बाध्यता रहेकाले गठबन्धनमा दाैडधुप बढेकाे हाे । आज दिउँसाे १ बजे प्रतिनिधिसभा बैठक पनि बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर