नेपालले ओमानलाई जितको लागि ११८ रनको लक्ष्य दियो — OSNepal

नेपालले ओमानलाई जितको लागि ११८ रनको लक्ष्य दियो

LC (KTM) February 18, 2022 0

भक्तपुर, ६ फागुन – आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई जितको लागि ११८ रनको चुनौती दिएको छ । ओमान मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमी–१ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११७ रनको योगफल बनायो । नेपालको लागि आरिफ शेखले अविजित रहँदै सर्वाधिक ३८ रनको योगदान दिए ।

यसैगरी कप्तान सन्दीप लामिछाने र लोकेश बमले समान १६÷ १६ रन बनाए भने ज्ञानेन्द्र मल्लले १५, दीपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ तथा कमल सिंह ऐरीले १ रन बनाए । ओमानका खवार अलीले सर्वाधिक ३ विकेट हात पारे । त्यस्तै विलाल खानले दुई विकेट लिदा फैज बट, जिशान मक्सुदले एक–एक विकेट लिए । ओमान अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर