धवलागिरिका गर्भवती र सुत्केरीलाई घ्यू र अण्डा उपहार — OSNepal

धवलागिरिका गर्भवती र सुत्केरीलाई घ्यू र अण्डा उपहार

LC (KTM) February 18, 2022 0

गलेश्वर, ६ फागुन-म्याग्दीको धवलागिरि गाउँपालिकाका गर्भवती, सुत्केरी र दुई वर्र्षसम्मका बच्चालाई पौष्टिक आहार उपहार दिइएको छ । ‘सुनौला हजार दिनका आमासँग अध्यक्ष’ कार्यक्रममार्फत पालिकाभित्रका स्वास्थ्य संस्थामा तोकिएको समयमा गर्भपरीक्षण, बच्चाको तौल वृद्धि अनुगमन गर्ने र सुरक्षित प्रसूति हुनेलाई घ्यू, अण्डा लगायतका पौष्टिक आहार दिइने गरिएको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले चार पटकको गर्भपरीक्षण र सुत्केरी भएपछि पाँच क्यारेट अण्डाका साथमा आधा लिटर घ्यू र ज्वानो उपहार दिने गरिएको बताउनुभयो । चालु आर्थिक वर्र्षमा ६ लाख बजेट विनियोजन भएको यस कार्यक्रमबाट गाउँपालिकाभित्रका सबै सात वडाकाले सुविधा पाएका छन् । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर