देउवासँग दुई विकल्प : ५०० मिलियन डलर बराबरको एमसीसी या गठवन्धन सरकार — OSNepal

देउवासँग दुई विकल्प : ५०० मिलियन डलर बराबरको एमसीसी या गठवन्धन सरकार

LC (KTM) February 18, 2022 0

काठमाडौं ६ फागुन । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवासँग गठवन्धन र एमसीसी दुई वटा विकल्प रहेको बताएका छन् । शुक्रबार संसद बैठक पछि बाहिरिने क्रममा नेता कोइरालाले पार्टीका सभापति समेत रहेका देउवा सामु मात्र दुई विकल्प रहेको बताएका हुन् ।

‘विकल्प उहाँले नै रोज्नुपर्ने हो, कुनचाहिँ रोज्नुहुन्छ। एमसीसी पारित गर्दा गठबन्धन टुट्न सक्ने सम्भावना देख्छु म। गठबन्धनलाई राख्ने हो भने एमसीसीलाई छोड्नुपर्‍यो। दुईवटामध्ये एउटा मात्रै हुनसक्छ भन्ने मलाई लागेको छ।’ उनले भने ।

सत्ता जोगाउने हो या एमसीसी निणर्य देउवाको हातमा रहेको उनले बताएका छन् । आफु भने एमसीसीको पक्षमा भएको स्पष्ट पारेका कोइरालाले आफ्नो सल्लाह भनेका एमसीसी पास गर्ने भएको बताएका छन् ।

‘किनभने ५०० मिलियन डलर भनेको धेरै हो। ट्रान्समिसन लाइनदेखि बाटोसम्मका लागि यति ठूलो अनुदान हत्तपत्त अरु कसैले दिँदैन’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर