प्रदेश १ मा कोरोना संक्रमित घट्दै , आज ६८ जनामा मात्रै देखियो संक्रमण — OSNepal

प्रदेश १ मा कोरोना संक्रमित घट्दै , आज ६८ जनामा मात्रै देखियो संक्रमण

LC (KTM) February 18, 2022 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना संक्रमण भएको छ । ३७४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४१५ जनाको एन्टीजेन परीक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, झापामा ६, सुनसरीमा ५, उदयपुरमा ४, खोटाङ र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगर र बुढीगंगामा ५–५, सुन्दरहरैचा, केराबारी र रतुवामाईमा १–१, झापाको कनकाईमा ३, दमक, भद्रपुर र मेचीनगरमा १–१, सुनसरीको इटहरीमा ३, रामधुनी र बराहक्षेत्रमा १–१ जनामा संक्रमण देखिएको छ । उदयपुरको बेलका, त्रियुगा, चौदण्डीगढी र कटारीमा १–१, खोटाङको दिप्रुङ र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६४ महिला र ६१ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार २११ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर