काठमाडौँको बालाजुमा दुर्घटना गरी फरार भएका प्रदीप धादिङबाट समातिए — OSNepal

काठमाडौँको बालाजुमा दुर्घटना गरी फरार भएका प्रदीप धादिङबाट समातिए

LC (KTM) February 18, 2022 0

काठमाडौँ – काठमाडौँको बालाजुमा दुर्घटना गरी फरार भएका चालक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१६ गङ्गाहल नजिक सडकमा बिहीबार बिहान सवारी दुर्घटना गरी फरार रहेका चालक धादिङ सिद्धलेख गाउँपालिका–४ घर भएका २९ वर्षीय प्रदीप थपलियालाई आज धादिङवेशीबाट पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजुमा दुर्घटना गरी फरार रहेको सवारीसाधन र चालकलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा पक्राउ गरिएको जानकारी दिनुभयो । बागमती प्रदेश ०१–००५ ख ९३१४ नम्बरको धादिङ–काठमाडौँ रुटमा चल्ने बसको ठक्करबाट काठमाडौँ तारकेश्वर नगरपालिका–१० मनमैजु बस्ने रसुवा कालिका गाउँपालिका–५ घर भएका १८ वर्षीय विकास तामाङ र काठमाडौं महानगरपालिका–१६ जागृती टोल बस्ने ५५ वर्षीया दुर्गामाया थापाको मृत्यु भएको थियो ।

दुर्घटनामा गम्भीर भएका उनीहरुको जनमैत्री अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख गौतम मिश्रले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको मिश्रले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर